नियम ३५
बढुवा मिति र बढुवा नियुक्ति
(१) नियम ३३ बमोजिम बढुवा नामावली प्रकाशित भएपछि बढुवाको उजुरीको प्रयोजनको लागि सो नामावली प्रकाशित भएको मितिबाट पैंतीस दिनसम्म बढुवा सिफारिश पाउने उम्मेदवारलाई बढुवा नियुक्ति नदिई प्रतिक्षा सूचीमा राखिनेछ । सो बढुवा सिफारिस उपर उजुरी नपरेमा सो नामावली प्रकाशित भएको मितिले छत्तीसौं दिनको मितिबाट बढुवा हुने श्रेणीको जेष्ठता कायम हुने गरी नियुक्ति दिनु पर्नेछ ।
(२) बढुवा सिफारिस उपर उजुरी परेमा देहाय बमोजिम जेष्ठता मिति कायम गरी नियुक्ति दिनु पर्नेछः
(क) नियम ३४ को उपनियम (३) बमोजिम बढुवा सिफारिसको नामावलीमा संशोधन गर्ने निर्णय भएमा सो बमोजिम संशोधित नामावली प्रकाशन भएको मितिदेखि,
(ख) उजुरी खारेज भएमा वा आयोगको पहिलेको सिफारिस नै कायम भएमा पहिलो पटकको बढुवा सिफारिस प्रकाशित भएको मितिले छत्तीसौं दिनदेखि ।